Help

President’s Message

दुई शब्द,

 

संस्थापकज्यु,संस्थापक अध्यक्षज्यु,प्रमुख सल्लाकारज्यु ,सम्पूर्ण सल्लाहकारज्युहरु, कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्युहरु, समितिमा आवद्धित सम्पूर्ण आजिवन तथा साधारण सदस्यज्युहरु सबैमा सेवा,नमस्कार ! सर्वप्रथम त गत २०१८ अगष्ट १८मा सम्पन्न भएको हाम्रो पाँचौ अधिवेशनमा मलाई निर्विरोध अध्यक्ष पदमा चयन गर्नु भएकोमा यहाँहरुप्रती म हार्दिक आभार व्यक्त गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न उतरदायी हुने विश्वास दिलाउदै सो अधिवेशनमा सर्वसम्मत पारित निर्णयहरु सहितको भावि-कार्ययोजनाहरु आफ्नो कार्यावधिमा पुरा गर्नुका साथै यहाँहरुको सल्लाह,सुझाव र सहयोग मार्फत नयाँ कार्यहरु सम्पादन गर्दै जाने,समयानुकुल आवश्यकतानुसार समितिका सम्पूर्ण सदस्यहरुलाई एकतामा जुटाउन सबैको हितकारी कार्यनिती निर्माण तथा कार्यान्वयन गर्दै जाने प्रयात्न गर्नेछु। कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्युहरुले आ-आफ्नो जिम्मेवारी सम्हाल्दै एकापसमा पारस्परिक सहयोग र सद्भावलाई अभिवृद्धि गर्दै हरेक क्षेत्रमा मलाई सहयोग पुर्याउनु हुनेछ भन्ने पूर्ण आशा एवं विश्वास गरेको छु । समितिका सम्पूर्ण साधारण सदस्यज्युहरुले पनि कार्यसमितिद्धारा आयोजित कार्यक्रमहरुमा उपस्थित भै आफ्नो सल्लाह, सुझाव तथा सहयोग पुर्याउने हुनेछ भन्ने कुरामा विश्वास्त छु। लगभग ३६ भाषा बोल्ने १२९ थरि राईहरुलाई ऐक्यबद्धता गराउदै आफ्नो भाषा,धर्म,संस्कार,संस्कृतिलाई संरक्षण-सम्वर्द्धन गर्नको लागी किरात राईहरुको जातिय सामाजिक संस्था “किरात राई यायोक्खा” स्थापना गरिएको सर्वविदितै कुरा हो,साथै उक्त यायोक्खाको विधानमा देश-विदेश जहाँ पनि वसेका किरात राई समुदायमा शाखा “किरात राई यायोक्खा” स्थापना गर्न सकिने प्रावधान भएकोले, २००७ अक्टोबर १०मा मेजर श्री मान बहादुर राईज्युको संयोजकत्वमा किरात राई यायोक्खा प्रा का स लण्डन स्थापित गरि श्री हरि राईज्युको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । तसर्थ मेरो व्यक्तिगत तथा सिङ्गो समितिको तर्फबाट आव्हान गर्दछौ – सम्पूर्ण लण्डनबासी किरात राईहरु यसै समितिमा आवद्ध हौं,कोही नछुटौं,यायोक्खाको छानामुनी गोलबन्द हौं । धन्यवाद !

जय लण्डन यायोक्खा

भवदीय,

किरात राई यायोक्खा प्रा का स लण्डन

अध्यक्ष

रोम मुकारुङ्ग राई, लन्डन |