Help

साकेला एक परिचय

साकेला एक परिचय , साकाला /साकेला /साकेन्वा /साकेवा विभिन्न नाम बाट चिनिने वस्तु हो भुमि देव जसमा राईका जानकार नक्छुंग वा नाक्छुंग (वैधिक तन्त्र मन्त्र मुन्धुम जानकार ) हरुले मुन्धुमी […]

Important Updates on upcoming Events

Please check the new updated dates for upcoming events- Deusi bhailo 2016 and General Meeting.

Thank you

click here

Constitution / नियमविनियम २०६७ (2010) (प्रथम संशोधन २०७२)

किराँत राई यायोक्खा उपशाखा लंडनको नियमविनियम २०६७
(प्रथम संशोधन २०७२)
प्रस्तावना :
मिति सन् ०१ अगस्त २०१० का दिन किराँत राई यायोक्खा लंडन कार्यसमितीको पुर्ण वैठकले केन्द्रीय कार्यसमितिको विधानमा रही लंडनभित्र बसोंवास गर्नु हुने किराँत राई हरुलाई ठाऊ र परिस्थिती अनुसारको अनुकूल नियमविनियम बनाई लागु गर्ने गराउने निर्णय भएको हुदा केन्द्रीय किराँत राई यायोक्खा नेपालको केन्द्रीय विधान २०४७ तथा छैटौ संसोधित विधान २०६९ को परिक्षेद ०७ दफा २७ अनुसार नियमविनियम बनाई लागुगर्न सकिने प्रावधान भयकाले उक्त नियमविनियम लाई पूर्ण वैठकमा अंतिम निर्णय गराई आउने साधारण सभामा अनुमोदन पश्चात् लागु गरिने छ |
उदेश्य:
किराँत राई हरु विभिन्न माध्यम बाट वेलायत आई लन्डन भित्र स्थाई वा अस्थाई वसोवास बृद्धि हुदै गरेको परिपेक्षमा विदेशमा भएपनि आफ्नो पहिचान जगेर्ना गर्न संस्थाको आवश्याकता अनिवार्य भएकाले यो संस्था गठन गरियको हो |अन्य उदेश्यहरु केन्द्रीय किराँत राई यायोक्खा नेपालको विधान २०४७ तथा छैटौ संसोधित विधान २०६९ अनुसार नै हुनेछ |
परिच्छेद – १
नियमविनियमको नाम र परिभाषा
१. संक्षिप्त नाम
क . यो नियमविनियमको नाम “किराँत राई यायोक्खा लंडन उपशाखाको नियमविनियम २०६७ ” (प्रथम संशोधन २०७२)हुनेछ |
ख . यो नियमविनियम साधारण सभामा अनुमोदन गराए पछि लागु हुनेछ |

२. परिभाषा
क. अधिकांश परिभाषा, संस्थाको कार्यनिती केन्द्रीय किराँत राई यायोक्खा नेपालको विधान २०४७ छैटौ संशोधित विधान २०६९ अनुसार नै हुने छ | विधानमा नसमेटिएका र लंडन कार्यसमितिलाई आवश्यक परेका बुंदाहरु मात्र नियमविनियममा उल्लेख गरिने छ |
ख. “किराँत राई यायोक्खा लंडन उपशाखा”भन्नाले ग्रेटर लंडन भित्र मात्र वसोवास गर्ने सम्पुर्ण किराँत राई हरुको जातीय संस्थालाई जनाउदछ |
ग. “नियमविनियम २०६७” भन्नाले किराया नेपालको मूल विधान २०४७ छैटौ संशोधित २०६९ को परिक्षेद ०७ दफा २७ द्वारा प्रतिपादित नियमविनियम “किराँत राई यायोक्खा लंडन उपशाखा”लाई जानाउछ |
घ. कुनै पनि नियमविनियमका धारा लाई निलंबन,निष्क्रिय,सकृय वा संशोधन गर्न साधारण सदास्य शंख्याको ५१ प्रतिशद मत पुगेमा आवश्यक परेको कुनै पनि समयमा संशोधन गर्न सकिने छ र उक्त संशोधित धारा लाई अनिवार्य साधारण सभामा अनुमोदन गराउनु पर्नेछ |
ङ. किराँत राई यायोक्खा लंडनद्वारा दर्ता भयका सम्पुर्ण साधारण सदास्यहरुले मताधिकार र उमेदवारीको लागि अधिकार सुनिच्चित हुनेछ र उक्त सदास्यता लिएको मिति देखि मिति देखि नै लागुहुनेछ |
च. अन्य व्याक्तिहरूले साधारण सदास्यता लिए पश्च्यात मात्र समान अधिकार सुनिश्चित रहनेछ | तर गैर साधारण सदास्यले पनि कुनै पनि कार्यक्रममा सहभागीको लागि समान मान मर्यादा र अवसरहरु भने हुनेछ |
छ. किराँत राई यायोख्खा लंडनको “नियमविनियम २०६७” र केन्द्रीय किराँत राई यायोक्खा नेपालको विधान २०४७ तथा छैटौ संशोधित विधान २०६९ विच उल्लेखित जुनसुकै बुंदाका प्रसंगहरु बाझीएमा केन्द्रीय किराँत राई यायोक्खा नेपालको विधान २०४७ तथा संशोधित विधान २०६९ नै सर्वोपरि ठहरिने छ |

३. कार्यालय
हाल सम्म कार्यालय स्थाई नभयको र निकट भविष्यमा आवश्यक कदम चालिने छ |
परिच्छेद -२
आर्थिक व्यवस्थापन
१. किराया लंडनले संस्थालाई जिवन्त राख्न आर्थिक पक्ष नै संस्थाको खम्बा भएकाले विविध विषयमा आर्थिक संकलन गर्ने गराईने छ |उक्त कोष सञ्चालन गर्न संस्थाका अद्यक्ष, कोषाद्यक्ष र एक सचिव गरि जम्मा तिन जनाको नाममा सामूहिक खाता खोलि सञ्चालन गरिने छ साथै संस्थाको कोष चलाउनु भन्दा पहिला र खर्च गरिसके पछि कार्य समितीको बहुमतको वैठकमा अनिवार्य निर्णय र अनुमोदन गराउनु पर्ने छ |
२. प्रथम साधारण सभामा निर्णय भए अनुसार प्रत्येक किराँत राई परिवारबाट घर मुलीको नाममा ३ वर्षमा नविकरण गराउने गरि कम्तिमा £३० पाऊन लिई सदास्यता प्रदान गरिने छ|उक्त घर मुलिको परिवार हरु मतदान र उमेदवारी बाहेक अरु सम्पुर्ण अधिकार मुली सरहनै हुनेछ |सचिव उक्त कोष सञ्चालन गर्न कुन तिन मध्य दुईजनाको दस्ताक्षर सहित कोषाद्यक्षको अनिवार्य हस्ताक्षर हुनु पर्ने छ |
२क. १८ वर्ष उमेर पुगेका सदास्य हरुले मुलिको सदास्यता दर्ता भय पनि मतदान र उमेद्वारको अधिकार प्रत्याजनको लागि परिक्षद २ को दफा २ र परिक्षद १ को दफा २ को ङ अनिवार्य लागु हुनेछ |
३. आजीवन सदास्य तथा अन्य सदास्यताहरुका लागि, की.रा,या केद्रीय विधान अनुसार वा केद्रीय कार्यालय संग आवश्यक परामर्स लिई उक्त सदास्यताको कार्यक्रम सञ्चालन गरिने छ |
४. व्यक्तिगत वा कुनै सरकारी अनुदान दाता बाट पनि आर्थिक संकलन गरिनेछ |
५. जिन्सी बिक्रिवितरण बाट पनि आर्थिक संकलन गरिनेछ |
६. विविध बाट |

७. अन्य आर्थिक सञ्चालन सम्बन्धी नियम किराया विधान २०४७ तथा संशोधित विधान २०६९ अनुसार नै हुनेछ |
परिच्छेद ३
बार्षिक कार्यक्रम
१. वार्षिक साधारण सभा,
वैठकले तोकेको अनुकुल तिथि मितिमा बार्षिक साधारण सभाको कार्यक्रम गर्ने गराइने छ | विशेष कारण बस तोकिएको मितिमा संपन्न गर्न नसकियमा तोकियको दिन देखि महिना दिन भित्रमा अनिवार्य सम्पन्न गराउनु पर्नेछ |
२. वलिहाङ्ग तिहार (देउसी भैलो कार्यक्रम)
हरेक वर्ष वैठकले तोकेको समयमा वृहत संस्कृतिक कार्यक्रम तर्जुमा गरि उक्त वलिहाङ्ग तिहार ( देउसी भैलो ) मनाईने छ |
३. उभौली सकेला ,
वैशाके पूर्णिमा को उभौली साकेला को विधिवत सिली उद्घाटन र सिली मार्ने कार्यक्रमका लागि सम्पूर्ण किराँत राई दाजु-भाई तथा दीदी-बहिनी हरुलाई बृहत् कार्यक्रमको आयोजन गरि सहभागी गर्ने गराउनेछ |
४. येलेदुङ्ग ( किराँत नयाँ वर्ष )
किराँत जातिको नयाँ वर्ष हरेक वर्षको माघ महिनाको भरसक १ गते पारेर कन्दमुल खाने /टिका लाउने परम्परा लाई निरन्तरता दिदै विभिन्न सांस्कृतिक कार्यक्रम सहित खानपिन सहित बडो महत्वो र भव्यताका साथ मनाईने छ |
५. यलम्बर हाँग स्मृति दिवश ,
हरेक वर्ष ऐतिहासिक प्रथम किराँत राजाको स्मृति दिवश तत्कालीन किराँत राई यायोक्खा वेलायत संपर्क समिति संग आवश्यक परामर्स गरि उक्त दिवसको कार्यक्रम सञ्चालन गरिने छ | | उक्त स्मृति दिवशलाई गरिमामय बनाउन चार ओटानै किराँत संस्था (किराया,याक्थुम चुम्लुंग, याक्खा छुम्मा र सुनवार सेवा समाज)को सम्योजकत्वोमा सञ्चालन गर्न पहल गर्नेछ |

६. प्रशिक्षण
क. साकेला सिली प्रशिक्षण, किराँत राई हरुको सांस्कृतिक नाँच साकेलालाई अझ दक्ष र प्रभावकारी बनाउन सकेला पर्व बाहेक का दिनहरुमा सिलिमाग्पा र सिलिमाग्मा वा दक्ष सिली जानकारलाई नियुक्त गरि पाएक पर्ने ठाऊमा अनुकूल समय मिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने गराइने छ |
ख. भाषा,धर्म,संस्कार,संस्कृति र भेष भूषा विषयमा समय अनुकूल पारि भावि पीडीहरुलाई आवश्यक प्रशिक्षण र शिक्षा दिने |
ग. किराँत लिपि, उक्त विषयमा समयानुकूल पारि इच्छुक व्याक्तिहरुलाई प्रशिक्षणको आह्वान गरि समितिले तोकेको दक्ष प्रशिक्षक द्वारा सिकने सिकाउने अनुरोध गरिनेछ|
७. अन्य:
आवसेक परेमा संस्थाको हित हुने कुनै पनि कार्यक्रम तयगरि सञ्चालन गर्न गराउन सकिने छ र उक्त कार्यक्रमलाई साधारण सभामा अनुमोदन गराउन पर्नेछ |
परिच्छेद ४
पारस्पारिक सहयोग
१. पारस्पारिक सहयोग, संस्थामा आवद्ध सम्पूर्ण किराँत राई हरुलाई सुख्ख दु:ख दुबैमा आवश्यक परेको बेला संस्था वा व्याक्तिले आर्थिक नैतिक र भौतिक सहयोग गर्ने गराउने छ |
क. शुभ कार्य , राई भाईचाराको अभिबृद्धिका लागि शुभकार्य,किराँत संस्कार भित्रका जन्म दिवस, न्वारान, छेवोर ,पाछ्नी, गुन्य्यु चोली, शुभ विवाह इत्यादिमा आफ्नो बुताले भ्याय सम्म आफन्त बाहेक का अन्य राई हरुलाई पनि सह भागिताको अनुरोध गर्ने |

ख. अशुभ कार्यमा अनिवार्य आर्थिक सहयोग,
कुनै पनि साधारण सदास्यता लिई सकेका किराँत राईको मृत्यु भएमा प्रत्येक साधारण सदास्यबाट £१० पाउन अनिवार्य शंकलन गरिने छ |सो खबर सुन्ने बितिकै १ हप्ता भित्रमा संस्थाको बैक खातामा जम्मागरी कोषाध्याक्षलाई फोन मार्फत खबर गर्नु पर्नेछ | उक्त अनिवार्य सहयोग रकम २ व्यक्ति सम्मलाई नबुझाउने जो कुनै सदस्यलाई समितिले आवश्यक सोध पुछ गर्ने छ र यदि जानी बुझी सहयोग नगरेको ठहर भए सम्झाई बुझाई गरि सहयोग रकम चुक्ता गराईने छ | यदि निजले संस्थाको यो अति महत्वो पूर्ण निर्णयलाई वेवास्ता गरे उनको परिवारमा मर्दा पर्दा मानवीय सहायता बाहेक कुनै आर्थिक सहयोग गरिने छैन ||
ग. भौतिक क्षेति,
कुनै पनि एस संस्थाका साधारण सदास्यहरुलाई दैविक प्रक्रोप या कुनै पनि आपात विपत परे र सहयोगको निवेदन परेमा कार्यसमितिको निर्णयानुसार सक्दो सहयोग गर्नेछ |
घ. अवसरको सूचना लिने दिने,
कुनै व्याक्तिले अवसरको सुचना पाएमा तुरुन्त समितिलाई खबर गर्ने जस्तै :नोकरीको अवसर, अद्यायन, घर खरीद, विक्री या भाडा वा कुनै पनि अवसर तत्पश्च्यत समितिले साधारण सदास्यहरुलाई खबर गर्ने गराउनेछ |
परिच्छेद ५
निर्वाचित कार्यसमिति शुल्क
१. प्रत्येक उमेद्वारहरुले देहाएका उमेदवारी दर्ता शुल्क असुल गरि आ- आफ्नो उमेद्वारिता दर्ता गराउनु पर्नेछ उक्त दर्ता शुल्क दर्ता पष्क्षात फिर्ता हुनेछैन|
क. अध्यक्ष = £३०
ख. उपाध्यक्ष = £२५
ग. सचिव = £२०
घ. स-सचिव = £ २०
ङ कोषाध्यक्ष = £ २०
च . स-कोषाध्यक्ष= £ २०
छ. सदास्य = £ १५

२. उक्त शुल्क संस्थाका नवनियुक्त कोषाध्यक्षले आफ्नो कार्यकालको शुरूको आयकोष जानाउदै कोषमा जम्मा गर्ने छ |
विविध:
१. तथ्यांक संकलन, लंडनवासी सम्पुर्ण राई हरुको विविन्न क्षेत्रमा क्षेत्रीय प्रतिनिधि परिचालन गरि वृहत तथ्यांक संकलन गर्ने गराउने छ |
२. संगठन विस्तार , किराँत राई यायोक्खा लंडनले साधारण सदास्यको जन घनत्त्वोको आधारमा अनुकूल समय पश्च्यात प्रारंभिक समिति हरुको चयन गर्दै जानेछ |
३. नवजात शिशुको नाम ,सबै किराँत राई हरुलाई हामी किराँत धर्मालम्बी भएकाले
आ- आफ्नो किराँत राई भाषामा खोजी खोजी नौरान गर्ने वा नाम राख्नको लागि अनुरोध गरिनेछ |
४. परिचय पत्र, निकट भविष्यमै सम्पुर्ण साधारण सदास्य हरुलाई फोटो सहितको परिचय पत्र लागुगरिने छ |
५. चाड पर्व, किराँत हरु स्वभाबैले पित्री र प्राकृती पूजक वा आस्थावान भएकाले आफ्नो किराँत चाड्लाई धूमधाम मान्ने मनाउने प्रोत्साहन गरिनेछ |

जय किराँत राई यायोक्खा
समाप्त

संसोधन उपसमिति :
संयोजक : श्री रोम मुकारुङ्ग राई
सदस्य : श्री रोशन राई
सदस्य : श्री नवलक्ष्मि राई

किराँत नयाँ वर्ष येलेदुङ् ५०७५ (2015) London

टिकाधन राई / एचकेनेपाल डट कम- किराँत नयाँ वर्ष येलेदुङ् ५०७५ / माघे संक्रान्तिलाई किराँत राई यायोक्खा उपशाखा लन्डनको आयोजनामा लन्डनस्थित हेरो बरो फुटबल क्लब परिसरमा हालै भव्यताका साथ सम्पन […]